
मध्य पश्चिम विश्व बिधालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम)- समुदाय विस्तारित कार्यक्रम अन्तर्गत बाढी पिडित परिवारलाई भोजन तथा राहत बितरन – Nov 14, 2020
लक्ष्मि पुजाको अवसर पारेर मध्य पश्चिम विश्व बिधालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम) ले विश्व बिधालय – समुदाय विस्तारित कार्यक्रम अन्तर्गत प्रदेश सुशासन केन्द्र भित्र रहेका बाढी पिडित परिवारहरुलाई भोजन तथा राहत बितरन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा त्यहा रहेका १७ घर परिवारलाई चामल, दाल, नुन र तेल बितरन गरियो र त्यहा रहेका १०८ जना बाढी पिडितहरु लाई खाना पकाएर खुवाइयो।
उक्त कार्यक्रममा बिश्व बिधालयका उपकुलपति प्रा. डा. नन्द बहादुर सिंह को प्रमुख अतिथीयतामा राहत बितरन गरिएको छ। कार्यक्रममा बोल्दै सिंहले भन्नू भयो बिश्व बिधालय समाजको अपन्त्तो हुने खाल्को हुनु पर्छ र गरिब जनताहरुको विषयमा बोल्ने हुनु पर्छ र आज मुसोमको विद्यार्थीहरुले यो विषयमा बोल्न सफल भएको बताउनु भयो। बिश्व बिधालय सधै समुदाय संगै रहेर काम गर्ने भनेर उहाँले बताउनु भयो।
साथै उक्त कार्यक्रममा मुसोमका डाइरेक्टर डा. सुशील शाहीले अब मुसोम का विद्यार्थीहरुले समाजमा रहेका समस्याहरुको खोज तथा अनुसन्धान गर्ने र यस समाजमा रहेका समस्याहरु समाधान गर्ने लाई सहयोग गर्ने बताउनु भयो।