2nd MU Fest


मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिज्यूको प्रमुख आतिथ्यमा दोस्रो एमयू फेस्टिभलको उद्घाटन समारोह सम्पन्न"

आज मिति २०८१ साल असार २१ गते मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुब कुमार गौतमज्यूको प्रमुख आतिथ्यतामा दोस्रो एमयू फेस्टिभलको उद्घाटन समारोह सम्पन्न भएको छ । मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय सभा हलमा मुसुम एल्मुनाईद्वारा आयोजित उक्त दोस्रो एमयू फेस्टिभलको उद्घाटन समारोहमा विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. नारायण प्रसाद पौडेलज्यूले शुभकामना मन्तव्य प्रस्तुत गर्नु भएको थियो भने मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतका विभिन्न ग्र्याजुएट स्कुलहरुमा अध्ययनरत विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

उद्घाटन समारोहमा बोल्नुहुदैं प्रमुख अतिथि एवं उपकुलपति प्रा. डा. गौतमज्यूले कार्यक्रमको पूर्ण सफलताको शुभकामना व्यक्त गर्नुका साथै कार्यक्रम भव्य, सभ्य र सुसंस्कृत रुपमा अगाडी बढ्नेमा विश्वस्त रहेको कुरा व्यक्त गर्नु भएको थियो । विद्यार्थीहरुले गर्ने हरेक क्रियाकलापले विश्वविद्यालय, समाज र आम नागरिकमा समेत प्रभाव पर्ने भएकोले यस प्रकारको कार्यक्रम र सकारात्मक प्रयास अत्यन्तै फलदायी हुने कुरा उल्लेख गर्नु भएको थियो ।

दोस्रो एमयू फेस्टिभलमा विभिन्न सांस्कृतिक तथा अन्तरक्रिया कार्यक्रम र स्टलहरु रहनुका साथै चर्चित कलाकार सत्यराज आचार्य र स्वरूपराज आचार्यले आफ्ना प्रस्तुति दिने कार्यक्रम रहेको छ । उद्घाटन समारोहमा विभिन्न ग्र्याजुएट स्कुलहरुमा अध्ययनरत विद्यार्थीहरुले गरेको नृत्यको मुल्याङ्कनका आधारमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरुस्कार प्रदान गरिएको थियो । समारोहमा विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, कर्मचारी, विद्यार्थी, संचारकर्मी तथा कलाकार लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन एमयूका पुर्व विद्यार्थी सचिन तिमल्सिनाले गरेका थिए ।



© 2024 Mid-West University, Nepal | All Rights Reserved.